Logo
Logo

आजदेखि संसद्‍मा नीति तथा कार्यक्रममाथि छलफल


630
Shares

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदैछ ।

बिहीबार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७९÷०८०को नीति तथा कार्यक्रममाथि संसद्‌मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत् गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्