Logo
Logo

काठमाडौंमा आजदेखि कोभिड विरुद्धको खोप अभियान


504
Shares

काठमाडौं । काठमाडौं महानगरपालिले विहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुँदैछ ।

अभियानअन्तर्गत् ३ दिनसम्म कोभिड विरुद्धको मोर्डना र फाइजर खोप दिइने महानगरले जनाएको छ । ३२ वटै वडाका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोेकेका स्थानमा बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ ।

पहिलो र दोस्रो डोज लगाएको ३ महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई मोर्डना खोप र १२ देखि र १७ वर्षसम्मका नागरिकलाई मोर्डना वा फाइजर खोप लगाउइने विभागिय प्रमुख बलराम त्रिपाठीले बताए ।

दोस्रो डोज वा बुस्टर मात्रा लगाउनेले पहिलेकाे खोप कार्ड र पहिलो मात्रा लगाउन आउनेले परिचय खुल्ने कागजात ल्याउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्