
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म एक लाख ८३ हजार ६ सय ७९ मतगणना भइसकेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब ७ हाजर ५०७ मम मात्र गन्न बाँकी रहेको छ । काठमाडौंमा एक लाख ९१ हजार १ सय ८६ मत खसेको थियो ।
हाल काठमाडौं महानगरपालिकाको १४, १५ र १६ नम्बर वडाको मतगणना भइरहेको छ । पछिल्लो परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५९ हजार १ सय ४९ मत पाएका छन् ।
नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मतसहित दोस्रो स्थानमा रहेकी छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २१८ मत प्राप्त गरेका छन् ।











