Logo
Logo

ओलीले आपत्ति जनाएको बुँदा नम्बर १३६ मा के छ ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम जेरीजस्तो भएको टिप्पणी गरेका छन् ।

बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १३६ मा आपत्ति जनाएका हुन् ।

सो बुँदाले सरकारले नीतिगत र वैधानिक रुपमै भ्रष्टाचारलाई प्रवर्द्धन गरिने उल्लेख गरिएको भन्दै ओलीले आपत्ति जनाउँदै भने, ‘भ्रष्टाचार प्रवर्द्धन गर्ने ? यस्तो नीति तथा कार्यक्रमबाट कस्तो अपेक्षा गर्ने ?’

बुँदा नम्बर १३६ मा के लेखिएको छ ?

‘भ्रष्टाचारको उच्च जोखिमका क्षेत्र, निकाय र पदीय जिम्मेवारीको विश्लेषण गरी प्रभावकारी अनुगमन र निगरानी गर्दै निरोधात्मक, उपचारात्मक तथा प्रवर्द्धनात्मक अवलम्बन गरिनेछ ।’ संघीय संसदमा ओलीले यहीँ वाक्यांशलाई लिएर सरकारको कटाक्ष गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्