Logo
Logo

उदयपुरको त्रियुगामा एकीकृत समाजदावीको अग्रता



काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुख पदमा कांग्रेसलाई पछि पार्दै गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट नेकपा (एकिकृत समाजवादी)का बलदेव चौधरीले कांग्रेसका बसन्त बस्नतेलाई १४८ मतले पछि पार्दै अग्रता लिएको हो ।

१० हजार ५१४ मत गणना हुँदा चौधरीले ३४७२ मत पाएका छन् । दोस्रो स्थानमा पुगेका कांग्रेसका बस्नेतले ३३२४ मत पाएका छन् भने एमालेको भागवत राउत २३६१ मतका साथ तेस्रो स्थानमा छन् ।

उपप्रमुखमा भने कांग्रेसका सरिता राईको अग्रता कायम छ । उनको ३०४२ मत रहेको छ । निकटतम् प्रतिद्वन्द्वि गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का गीता खड्का कार्कीको २८५७ रहेको छ भने तेस्रो स्थानमा नेकपा एमालेकी महेश्वरी राईको २६१३ मत रहेको छ ।

हालसम्म पाँचवटा वडाको मतगणना सकिएको छ । ३ वटा वडा गठबन्धनबाट माओवादी केन्द्रले जितेको छ भने एकवटा काङ्ग्रेस र एकवटा एमालेले जितेको छ ।
वडा नं. १६, १५ र १४ मा माओवादी केन्द्रले जितेको छ भने वडा नं. १ मा काङ्ग्रेस र वडा न. २ मा एमालेले वडाध्यक्ष जितेको हो ।

१६ नमबर वडाध्यक्षमा मानबहादुर राई, १५ मा गणशप्रसाद तिम्सिना, १४ मा हिमराज मगर, वडा नं। १ मा मनोजकुमार चौधरी र वडा नं। २ मा घमानसिंह खत्रीले विजय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्