Logo
Logo

विदेशी सहायकमन्त्रीलाई किन इजाजत दिइयो ?: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै अमेरिकी सहायक मन्त्रीले नेपाल भ्रमण गरेको विषयमा आपत्ति जनाएका छन् ।

अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने सहायकमन्त्री उज्रा जियाले तीन दिने नेपाल भ्रमण गरेकी थिइन् ।

त्यसतर्फ संकेट गर्दै ओलीले भने, ‘विदेशीमन्त्रीले नेपाल आउँदा इजाजत लिनुपर्छ लिनुपर्छ कि पर्दैन ? इजाजत दिनुभो भने किन दिनुभो ? कसको पक्षमा दिनुभो ? कसको विपक्षमा दिनुभो ? छिमेक सम्बन्धका संवेदनसिलतालाई यो गठबन्धनले बुझ्छ कि बुझ्दैन ?’ उनले आफू हुम्लाको लिमी जाँदासमेत इजाजत लिएर गएको बताए ।
नेपालको परराष्ट्र नीति सरकारको नीजि विषय नभएको बताएका छन् ।

‘नेपालको परराष्ट्र नीति यो कृत्रिम, आर्टिफिसियल र म्यादी सरकारको निजी विषय होइन । तपाईहरूलाई जे पनि गर्ने छुट छैन,’ संसदमा ओलीले भने, ‘हाम्रो परराष्ट्र नीतिको असंलग्नता, त्यायोचित तटस्थतामाथी प्रहार नगरियोस् ।’

ओलीले नेपाल एक चीन नीतिमा छ कि छैन भनेरसमेत प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्