Logo
Logo

पोखरा महानगरका प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिले लिए शपथ



कास्की । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत पोखरा महानगरपालिकामा निर्वाचित भएका महानगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षलगायत जनप्रतिनिधिले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा पोखरा सभागृहमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलेको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले महानगर प्रमुख धनराज आचार्यलाई पद तथा गोपनियताको शपथ गराए ।

यसैगरी महानगर प्रमुख आचार्यले मुख्य निर्वाचन अधिृकत समक्ष शपथ लिएपछि उपप्रमुख मञ्जुदेवी गुरुङ, वडाध्यक्ष र वडा सदस्यहरूलाई शपथ गराए ।

कार्यक्रममा महानगर प्रमुख आचार्यले सुन्दर पोखरालाई सबैले हेर्न चाहेको बनाउनका लागि आफूहरू प्रतिबद्ध रहेकाले यसमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीले गर्ने सकारात्मक काममा मिडियाको साथ र सहयोग रहनेछ ।’

शपथ पश्चात उपप्रमुख मञ्जुदेवी गुरुङले सबैको साथ र सहयोगमा पोखरालाई समृद्ध बनाउनेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले समुन्नत पोखरा निर्माणमा नवनिर्वाचित जनप्रतिनिधि सफल बन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्