Logo
Logo

बाजुराका सिडिओ र दुई डिएसपीलाई कारबाही हुने




काठमाडौं । निष्पक्षताका साथ चुनाव गराउन नसकेको आरोपमा बाजुराका सिडिओ र दुई डिएसपीलाई कारबाही हुने भएको छ । निर्वाचन आयोगले सिडिओ उपेन्द्रराज पौडेल, नेपाल प्रहरीका डिएसपी चर्तुभुज ओझा र सशस्त्र प्रहरीका डिएसपी दीपक बिष्टलाई कारबाही सिफारिस गरेको छ ।


बुढीगंगा नगरपालिकामा मतदानस्थल नै छाडेर सुरक्षाकर्मी हिडेका थिए । जसकारण त्यहाँ बुथकब्जा भएको थियो । त्यसमा सिडिओ र प्रहरीको असक्षमता प्रमुख कारण भएको भन्दै उनीहरुलाई निर्वाचन कानूनअनुसार कारबाही गरी हटाउन आयोगले सिफारिस गरेको थियो । उनीहरुलाई हटाएर नयाँ प्रमुख पठाएर फेरि मतदान गराउने निर्णय निर्वाचन आयोगले गरेको छ ।

त्यहाँ एमाले कार्यकर्ता हतियारसहित मतदान केन्द्रमा पुगेर बुथ कब्जा गरेको आरोप अन्य दलले लगाएका छन् । एमाले नेता कर्ण थापाले त्यसरी बुथ कब्जा गरेका थिए । निर्वाचन आयोगले गरेको छानबिनमा मृत्यु भइसकेका व्यक्तिको नाममा समेत मतदान गरिएको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्