Logo
Logo

काठमाडौंमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन


1.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरका ३२ वटै वडामा यो अभियान चलाइएको हो ।

महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार शनिबारसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइनेछ ।

मोडर्ना र फाइजर खोप दिइनेछ। महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर मात्रा र खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा खोप लगाउन थालेको हो ।

बुस्टर र दोस्रो मात्रा खोपका लागि यसभन्दा अगाडि खोप लगाएको कार्डका आधारमा र पहिलो खोप उमेर खुल्ने कागजातका आधारमा लगाइनेछ ।

खोपका लागि महानगरले ३२ वटै वडामा रहेको सामुदायिक शहरी स्वास्थ्य क्लिनिक तथा तोकेको खोप केन्द्रमा गई खोप लगाउन सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्