Logo
Logo

काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउँछु : बालेन



काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साह बालेनले काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने बताएका छन् ।

शुक्रबार बिहान प्रतिक्रिया दिँदै उनले आफ्नो सम्पूर्ण समय महानगरको व्यवस्थापनका लागि लगाउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘अबको ५ वर्ष मेरो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकसित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउँछु ।’

नगरवासीले दिएको मतले आफू एकदमै खुसी भएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्