Logo
Logo

मूल्यवृद्धिविरुद्धको प्रदर्शनमा प्रधानमन्त्रीको राजीनामा माग



रौतटह । सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरेको मूल्यवृद्धिविरुद्ध रौतहटको कटहरियामा प्रदर्शन भएको छ ।

मूल्यवृद्धि फिर्ताको माग राख्दै सिके राउत नेतृत्वको जनमत पार्टी र पूर्वडीआईजी रमेश खरेल नेतृत्वको सुशासन पार्टीका कार्यकर्ताले कटहरियामा विरोद्ध प्रदर्शन गरेका हुन् ।

हातमा प्लेकार्ड बोकेका कार्यकर्ताले सरकारविरुद्ध चर्का नारा लगाउँदै बजार परिक्रमा गरेर नगरपालिकाको कार्यालय अगाडि कोणसभामा गरेका छन् । कोणसभामा गठबन्धन सरकारको प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्