Logo

काठमाडौं नगर कार्यपालिकामा कांग्रेसको बहुमत, बालेनलाई कति सजिलो ?



काठमाडौं । मतदानको १४ दिनपछि काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ । शुक्रबार बिहान घोषणा भएको अन्तिम परिणमअनुसार महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचति भएका छन् । उपमेयर एमालेका सुनिता डंगोलले जितेकी छन् ।
अब पुराना जनप्रतिनिधि बिदा हुनेछन् । नवनिर्वाचितले काम थाल्नेछन् । अघिल्लो कार्यकालमा काठमाडौैंमा नेकपा एमालेको महुमत थियो । मेयर विद्यासुन्दर शाक्यसहित बहुमत नगर सदस्य एमालेका थिए । तर यो निर्वाचनमा भने प्रमुख र उपप्रमुख नजितेपनि कार्यपालिकामा वडाध्यक्षसहित नेपाली कांग्रेसबाट बहुमत नगरसभा सदस्य निर्वाचित भएका छन् ।
यसरी बन्छ कार्यपालिका
मेयर, उपमेयर, वडाध्यक्ष, नगरसभाले आफूमध्येबाट निर्वाचित गरेका ५ जना महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गरेका ३ जना सदस्यसहित काठमाडौंमा ४२ सदस्यीय नगर कार्यपालिका हुन्छ । जसमा नेपाली कांग्रेसको बहुमत निश्चित भएको छ । महानगरका ३२ मध्ये कांग्रेसले १९ वटा वडा जितेको छ । वडा सदस्यमा पनि कांग्रेसकै बहुमत छ ।

त्यसैले नगरसभाले निर्वाचित गर्ने ८ जनामा पनि कांग्रेसबाटै धेरै आउनेछन् ।काठमाडौंमा कांग्रेस, माओवादी र एकिकृत समाजवादीले गठबन्धन गरेर चुनाव लेका थिए । एकीकृत समाजवादीले १५ नं वडा जितेको छ । त्यहाँ वडाध्यक्ष सहित एकीकृत समाजवादीले सबै सदस्य पनि जितेको हो । त्यसकारण सबै गठबन्धनबाटै निर्वाचित हुनेछन् ।
यसैगरी पहिले बहुमतका रहेको एमालेले १२ वडामा जितेको छ । एमालेले १ देखि ५ सम्मका सबै वडा, १३,१८,२१, २२, २३, ३१ र ३२ वडामा जित हात पारेको हो । वडा सदस्यमा एमालेले ४५ सदस्य जितेको छ ।

अब स्वतन्त्रबाट मेयर जितेका बालेनले दलबार जितेका नगरसभा सदस्यसँग कसरी समन्वय गरेर अगाडि बड्छन्, त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्