Logo
Logo

कविता- विलय



जे देखियो
ती डोबहरू हुन्
जीवनको घाम छायाको
कति उकाली, कति बराली
लेकमा सुस्ताएपछि
बेसी झर्नै पर्ने
फाँटको हरियाली हेर्न नपाई
भञ्ज्याङ उक्लिनै पर्ने
अनुहारमा बनाएको मानचित्र
गन्न नसकिने रेखाहरूले
कति मीठो हाँसो
कति नमिठो
एक चरणको गीत
धेरै चरणका सुस्केराहरू
यात्रा चलेकै छ
कति स्फूर्त, कति यन्त्रवस
कति निश्चल, कति वाचाल
व्यग्र बनेको मन
खोजिरहेछ –
आफ्नै विलय
फेरि उठ्नु छ उसलाई ।

प्रतिक्रिया दिनुहोस्