Logo
Logo

महानगरको मेयरमा एमाले क्लिन स्वीप



काठमाडौं । महानगरको मेयरमा नेकपा एमाले स्लिन स्वीप भएको छ । अघिल्लो पटक २ महानगरको मेयर जितेको एमालेले यसपाली एउटा पनि जित्न सकेन ।
शुक्रबार ६ वटै महानगरको परिणाम आइसक्दा कांग्रेसले २, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी १–१ तथा एउटाको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन र विराटनगरमा कांग्रेसकै नागेश कोइराला, भरतपुरमा माओवादीका रेणु दाहाल, पोखरामा एकिकृत समाजवादीका धनराज आचार्य, विरगञ्जमा जसपाका राजेशमान सिंह र काठमाडौंमा स्वतन्त्रबाट बालेन शाहले मेयर जितेका हुन् । एमाले भने शून्य भएको छ ।

एमाले भने शून्य भएको छ । २०७४ सालको निर्वाचनमा कांग्रेस–एमालेले २–२, माओवादी र जसपाले १–१ मा जितेका थिए । एमालेले यसपटक पहिले जितेका महानगर पनि गुमाएको छ । काठमाडौं र पाखरा गुमाएको हो ।

मेयरमा शून्य भएको एमालेले उपमेयर भने ४ वटामा जितेको छ । काठमाडौंमा सुनिता डंगोल, ललितपुरमा मञ्जली शाक्य, पोखरामा मन्जु गुरुङ र विराटनगरमा शील्पा कार्की उपमेयरमा विजयी भएका हुन् ।

भरतपुर र वीरगन्जमा कांग्रेसका क्रमशः चित्रसेन अधिकारी र इम्तियाज आलम निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्