Logo
Logo

कृष्णसेन इच्छुक त्यागको प्रतिमूर्ति हुन् : प्रचण्ड



फाइल फोटो ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृष्णसेन इच्छुकलाई त्यागको प्रतिमूर्तिका रुपमा स्मरण गरेका छन् ।

शुक्रबार २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले इच्छुकको जस्तै सबैले त्याग गर्न सके समाज रुपान्तरणमा समय नलाग्ने बताएका हुन् । ‘उहाँले जहिल्यै पनि त्यागको प्रतिकको भूमिका निर्वाह गर्नुभयो । व्यक्तिगत लाभ, पद, प्रतिष्ठा, सेवा, सुविधामा ध्यान थिएन । सबै कुरा अरुलाई दिनुपर्छ । मलाई त छँदैछ नि भन्नुहुन्थ्यो,’ प्रचण्डले भने, ‘यही गुण हामीले सिक्न आवश्यक छ ।’

त्याग र साधनाको संस्कृति अपए मात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जली हुने प्रचण्डको भनाइ थियो । फरक प्रसङ्गमा प्रचण्डले समाज दिग्भ्रम र विचलनतिर गइरहेको र त्यो क्रम बढ्दो रहेको बताए ।

‘हाम्रो सिस्टमभित्र थुप्रै खोटहरू छन् । जसले गर्दा समाज रुपान्तरण क्रान्तिकारी ढंगले होइन दिग्भ्रम र विचलनतिर गइरहेको छ र त्यो क्रम अझ बढ्दो छ’, अध्यक्ष प्रचण्डले भने, ‘नयाँ अभियान, अनुसन्धान र नयाँ आविष्कारको खोजीमा लागे मात्रै समाज र राष्ट्रको रुपान्तरण गर्न सकिन्छ ।’
उनले सेनसँगका सहकार्यका स्मृति आफुसँग अझै ताजै रहेको भन्दै तपस्या र साधनामा केही कमी नभएका सेनमा बलिदानको उच्च भावना पनि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्