Logo

रञ्जनलाई पक्राउ गर्न प्रहरी टोली खटियो




काठमाडौैं । श्रीमती हत्या अभियोगमा २० वर्ष कैद सजाय सुनाइएका सशस्त्र प्रहरीका पूर्व डिआजी रञ्जन कोइरालालाई पक्राउ गर्न प्रहरी टोली खटिएको छ । उनलाई बिहीबार सर्वाेच्चले सर्वश्वसहित जन्मकैद सजाय हुने उच्च अदालतकै फैसला सदर गरेको थियो ।


दुई वर्षअघि तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इलाजशले साढे ११ वर्ष कैद छुट दिएको थियो । त्यसलाई सर्वाेच्चले उल्टाएको हो ।
सो फैसलापछि अब रञ्जन फेरि जेल बस्नुपर्ने हुन्छ । उनी प्रेमिका तारा बस्नेतसँग बस्दै आएकोमा फैसलासँगै फरार भएका छन् । सिआइबी लगायतका निकाय उनको खोजीमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्