Logo
Logo

इन्धन बोकेको दुई ट्यांकरमा आगलागी



रुपन्देही । रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ ।

शुक्रबार डिपोमा तेल खन्याउने तयारी गर्दैगर्दा अचानक आगलागी भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खन्याउने क्रममा आगलागी भएको हो । रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले आगलागी नियन्त्रणमा आएको बताए ।

उनका अनुसार एउटा ट्यांकरमा क्षति भएको छ भने अर्कोमा सामान्य क्षति भएको छ । आगलागी कारण खुलिनसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्