बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई लिएर विरोध सुरू भएको छ ।
असार ३० गतेको स्थानीय तहको निर्वाचनमा मतदानको क्रममा धाँधलीको कुरा उठेपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको उक्त निर्णय जनमतविरुद्ध भएको भन्दै एमालेले आन्दोलन सुरु गरेको हो ।

एमाले बुढीगंगा नगर अध्यक्ष नरेन्द्र थापाले देशभर नभएको निर्णय आयोगले बुढीगंगा नगरपालिकामा गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । । उनले भने, ‘देशका सबै स्थानमा भएजस्तै गरी यहाँ निर्वाचन भएको हो । मतगणना गर्नुपर्नेमा आयोगले पुन मतदान गर्ने निर्णय ग¥यो यो गलत हो ।’
एमालेले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने भएको जनाएको छ । एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज कर्ण थापाले आयोगको निर्णय न्यायोचित नभएको भन्दै अदालत जाने बताएका हुन् ।














