Logo
Logo

गुडिरहेको ग्यास बुलेटमा आगलागी‚ मुग्लिन-नारायणगढ सडक अवरुद्ध


4.6k
Shares

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा आगलागी भएपछि सडकखण्ड अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको गुडिरहेको ग्यास बुलेटमा आगलागी भएको हो । उडिसाबाट धादिङका लागि हिँडेको यूपी १७ एटी ८६२७ नम्बर प्लेटको भारतीय ग्यास बुलेटको अगाडिको भागमा आगलागी भएको प्रहरीले जनाएको छ ।

बुलेटमा आगलागी भएपछि सम्भावित क्षतिको न्युनिकरणको लागि नारायणगढ मुग्लिङ सडक खण्ड दुई तर्फी बन्द गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आगो पूर्ण रुपमा नियन्त्रणमा नआउनजेल सचेत बनिदिन सो सडक भएर यात्रा गर्ने सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्