Logo
Logo

त्रियुगा-१२ मा पुन: मतदान गर्न एकीकृत समाजवादीको माग



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को उदयपुर त्रियुगा नगरपालिका मेयर उम्मेदवार बलदेव चौधरीले वडा नम्बर १२ मा पुन: मतदान गर्न माग गरेका छन् । उनले पुन: मतदान नगरी मतगणना गरिएको प्रति आपत्ति जनाएका हुन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मतदान अधिकृतले नै पुन: मतदान हुने सूचना प्रकाशित गरेर स्थगित गरेपछि पनि मतगणना सुरु गरिएकोमा आपत्ति जनाएका छन् ।

‘बाजुरा जिल्ला र त्रियुगामा एकै प्रकारको घटना भएको हो । एउटा ठाउँमा आयोगले पुनः मतदान गरायो र अर्को ठाउँमा भने मतगणना सुरु गरेको छ‚’ चौधरीले भने, ‘मतदान कार्यक्रम ढिलो गर्ने नियतले काम भयो । त्यस विषयमा विवाद भएपछि साढे ४ बजे पुन: मतदान गर्ने भनेर निर्वाचन स्थगित गरिएको थियो । ११ दिन ढिलो गरी मतगणना सुरु गरिएको छ ।’

उनले पुन: मतदान हुने भन्दै सो वडाको मतपेटिकालाई छुट्टै ठाउँमा भण्डारण गरिएको बताए । त्रियुगा-१२ मा पुन: मतदान गर्ने वा त्यहि मतदानलाई सही मानी मतगणना गर्ने भन्ने विषयमा विवाद हुँदा लामो समयसम्म अन्योल उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्