Logo
Logo

मुस्ताङमा ‘तिजी’को रौनक


630
Shares

काठमाडौं । मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्व मनाउन सुरु भएको छ ।

लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र पूजाआजा गरेर तिजी पर्व मनाउन थालिएको हो ।

२ तले घर बराबरको उचाइ भएको थाङ्का वर्षको १ दिन मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि खुला गरिन्छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका १० वटा वडाका बासिन्दाले हरेक वर्षको ज्येष्ठ कृष्ण द्वादशी तिथीदेखि तीन दिन ‘तिजी’ पर्व मनाउने गर्दछन् ।

तिजी लोवा समुदायले मनाउने सबैभन्दा ठूलो र प्रख्यात पर्व भएको लोमान्थाङ गाउँपालिका–५ का वडासदस्य छेवाङ रिङजिङ गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्