
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय ३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् ।
गणतन्त्र दिवसका अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा ती कैदीको सजाय माफी गरिएको हो ।
राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्क श्रेङ लिम्बूसमेत २ सय ७१ जना र नरबहादुर साँवासमेतका ५ सय ४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई जेठ १५ गतेदेखि माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।











