Logo
Logo

आफैले बोकेको बन्दुक पट्कँदा एकको मृत्यु, ८ जना पक्राउ


126
Shares

काठमाडौं । दाङमा सिकार खेल्ने क्रममा गोली लागेर १ जनाको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका–८ रानीखुट्टीको जंगलमा आफैले बोकेको बन्दुक निधारछेउको भागमा पट्किँदा लमही–१ वसन्तपुरका २३ वर्षीय कालुराम घर्तीमरको मृत्यु भएको हो ।

सिकार खेल्न गएका सबैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लमही–१ वसन्तपुरका ४० वर्षीय जीवलाल घर्तीमगर, सोही ठाउँका ४५ वर्षीय बुद्धिमान घर्तीमगर, ५० वर्षीय ओमबहादुर घर्तीमगर, मृतकका दाइ २८ वर्षीय मिनबहादुर घर्तीमगर, दिलबहादुर घर्तीमगर र खगेन्द्र घर्तीमगरलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्