Logo
Logo

अछाममा भीरबाट लडेर एक जनाको मृत्यु


126
Shares

काठमाडौं । अछाममा भीरबाट लडेर पुरुषको मृत्यु भएको छ ।

ढकारी गाउँपालिका–८ पैयाँसेनका ३९ वर्षीय जगतनाथ उपाध्यायको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शुक्रबार भीरबाट लडेर घाइते भएपछि उनलाई उपचारका लागि स्वास्थ्य चौकी कमलबजार लगिएको थियो ।

लगत्तै स्वास्थ्य चौकीले उपाध्यायलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्