काठमाडौं । नेकपा एमालेका नेता विष्णु पौडेलले वर्तमान सरकार चुनावी सरकार भएकाले दीर्घकालीन महत्वका आयोजना अघि बढाउन नपाउने बताएका छन् ।
शनिबार संसदको प्रि–बजेट छलफलमा बोल्दै उनले सरकारले दीर्घकालिन महत्वका आयोजनालाई निर्धक्क अघि बढाउन नपाउने बताएका हुन् ।

उनले भने, ‘आउँदो मंसिरमा चुनाव गर्नुपर्ने स्थिति छ,’ पौडेलले भने, ‘त्यसैले दीर्घकालिन दायित्व थप्ने काम यो सरकारले गर्न पाउँदैन ।’ बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीबाट बनाउने निर्णय हावादारी भएको समेत बताए ।
उनले बजेट स्रोतको सिमामा नरहने र स्रोतभन्दा बाहिर जाने जोखिमको निम्त्याएको बताउँदै यो सरकार चुनावी सरकार मात्र नभएको बताए ।
त्यसैले, सरकारले आर्थिक दायित्व थपिने प्रकृतिका र आगामी चुनावपछि आउने सरकारलाई बोझ थप्ने खालका योजना ल्याउन नपाउने उनको भनाइ छ ।











