
काठमाडौं । नेकपा एमालेका उपमहासविच विष्णु पौडलेलले अर्थमन्त्री जनार्दन शर्माले पदीय हैसियतलाई दुरुपयोग गरेर बजेट ल्याएको आरोप लगाएका छन् ।
आइतबार अर्थमन्त्री शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि प्रतिकृया दिँदै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले यस्तो आरोप लगाएका हुन् ।
पूर्वअर्थमन्त्री पौडेलले भने– ‘बजेटमा चुनावमा भोट बटुल्ने नियत राखिएको छ । पदीय हैसियतालाई दुरुपयोग गर्दै सरकारको अर्थमन्त्रीको हैसियतालाई दुरुपयोग गरेर अर्थमन्त्रीले चुनावमा भोट बटुल्ने नियतमा बजेट ल्याएका छन् ।’
प्रतिनिधिसभा र प्रदेश सरकारको निर्वाचनको संघारमा रहेको सरकारले निर्वाचन लक्षित बजेट ल्याएको सरकारले सीमा बिर्सेर दीर्घकाली प्रकृतिका योजनाहरु अघि सारेको उनको भनाइ रहेको छ ।
पूर्वअर्थमन्त्री पौडेलले अर्थमन्त्री शर्माद्वारा प्रस्तुत बजेटलाई हावादरीसमेत भनेका छन् । देश आर्थिक संकटको डिलमा रहेको बेला वर्तमान समास्याहरु चिनेर बजेट ल्यानुपर्नेमा कोशी र कर्णाली जोड्ने अयोजना अघि सार्नु हावारी रहेकोे उनको भनाइ छ ।
पौडेलले भने– ‘हावादारी प्रकृतिका आयोजनाहरु समवेश गरिएका छन् । देश आर्थिक रुपमा भयान संकटको डिलमा छ । यस्तो अवस्थामा आजका समस्याहरु चिनेर त्यसको समाधानका लागि केही गर्नुपर्नेमा हावादारी कुराहरु गरिएको छ । कोशी र कर्णाली नदी जोड्ने रे ! अहिलेको अवस्थमा सरकारले अघि सार्नुपर्ने योजना हो यो ? यसकारण यो बजेट हावादारी छ ।’
सरकारले राखेको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्षलाई पनि असम्भव भनेका पौडेलले ७ प्रतिशतको मुद्रा स्फीतिको लक्षलाई पनि हावादारी नै भनेका छन् ।














