Logo
Logo

विद्युतीय सवारी उत्पादन गर्नेलाई भन्सार महसुलमा सहुलियत


1.7k
Shares

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ वा पाटपुर्जा आयात गर्दा लाग्ने भन्सार महसुलमा सहुलियत प्रदान गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थभन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय रिक्सा र विद्युतीय मोटरसाइकल वा स्कुटर उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ वा पाटपुर्जामा एक प्रतिशतमात्र भन्सार महसुल लाग्ने व्यवस्था गरेको उल्लेख छ ।

त्यस्तै मन्त्री शर्माले नेपालमा चारपाङ्ग्रे सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने उद्योग स्थापना गरेमा सवारीसाधन उत्पादनका लागि चाहिने पाटपुर्जा वा कच्चा पदार्थको आयातमा उद्योग विभागको सिफारिसमा ५० प्रतिशत अन्तःशुल्क छुट दिनुका साथै भन्सार महसुलमा समेत २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको बताए ।

प्रतिक्रिया दिनुहोस्