Logo
Logo

एमालेलाई अर्थमन्त्रीको प्रश्न- ‘उत्पादन बढाउनुपर्छ, आत्मनिर्भर हुनुपर्छ भन्नु चुनावी कुरा हो ?


1k
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले ‘उत्पादन बढाउनुपर्छ, आत्मनिर्भर हुनुपर्छ भन्नु चुनावी कुरा हो र ?’ भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई प्रश्न गरेका छन् ।

आइतमार शर्माले ससंदमा बजेट प्रस्तुत गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरु विष्णु पौडेल, भीम रावल लगायतले अर्थमन्त्रीले चुनाव लक्षित बजेट ल्याएको आरोप लगाएका थिए ।

प्रमुख प्रतिपक्ष दलका नेता मतदातालाई प्रभावित पार्न चुनाव लक्षित बजेट ल्याएको आरोप लगाएपछि अर्थमन्त्री शर्माले प्रतिवाद गरेका हुन् ।

अर्थमन्त्रालयद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले भने– ‘बजेटमा चुनावी कुरा छैन । थोरै बाहेक बिगतकै बजेटलाई निरन्तरता दिइएको छ । बजेटको मुख्य उद्देश्य उत्पादन बढाउनुपर्छ, आत्मनिर्भर हुनुपर्छ भन्ने रहेको छ । उत्पादन बढाउनुपर्छ, आत्मनिर्भर हुनुपर्छ भन्नु चुनावी कुरा हो ?’

सरकारी कर्मचारीको तलब हरेक तीन वर्षमा बढाउने नियम नै रहेको भन्दै अर्थमन्त्री शर्माले कर्मचारीको तलव बढाउनु पनि चुनाव लक्षित हुन्छ ? भन्दै थप प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्