Logo
Logo

आर्थिक बोझ पर्ने गरी बजेट ल्याइयो : विष्णु पौडेल


378
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि निर्मित सरकारले झैँ आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

पूर्वअर्थमन्त्री पौडेलले उक्त बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाए । आर्थिक सङ्कटको डिलमा पुगेको मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइएको उनको भनाइ थियो । उलने आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको आरोप लगाउनुभयो । नेता पौडेलले भनेका छन्, “नाराहरु जतिसुकै सुन्दर भए पनि प्रस्तुत बजेट उल्टो दिशातर्फ उन्मुख छ ।”

सो छलफल र जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १७, १८ र १९ गतेका दिनहरु तोकेका छन् ।

दोषीलाई कारबाही गर्न माग
छलफल सुरु हुनुअघि समय माग गरेर सांसद अञ्जना विशङ्खेले बाँकेको एक हत्याको घटनामा दोषीलाई कैदबाट उम्काएर निर्दोष सुन्दर हरिचनलाई कैद पठाइएको भनी आएको समाचारबारे ध्यानाकर्षण गराउँदै न्याय प्रशासन र संलग्न कर्मचारीलाई कारबाही गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्