Logo
Logo

पहिरोले काभ्रेमा दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ असार ।
अविरल वर्षाका कारण देशभरीको जनजीवन प्रभावीत भएको छ । पहाडमा पहिरो सुरु भएको छ भने तराईमा डुबान हुन थालेको गृह मन्त्रालयले जनाएको छ ।
काभ्रेमा पहिलो घर भत्किँदा काभ्रे बनेपा नगरपालिका ३ नालामा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको मृत्यु भएको हो। उनीहरु हजुरआमा(नातिनी हुन्। घटनामा परिवारका अरु ३ जना घाइते भएको काभ्रेका एसपी जयराज सापकोटाले बताए।

प्रतिक्रिया दिनुहोस्