Logo
Logo

यात्रीप्रकाश पाण्डेको सइन उपन्यासमाथि अन्तरक्रिया




काठमाडौं । लेखक यात्रीप्रकाश पाण्डेको उपन्यास ‘सइन’माथि शनिबार राजधानीमा अन्तरक्रिया भएको छ । दुई वर्षअघि प्रकाशित यस उपन्यासमाथि अन्य लेखक समेतकाे उपस्थितीमा तथा पाठकहरुबीच अन्तरक्रिया भएको हो ।


१० वर्षे सशस्त्र द्वन्द्वकाे विषयवस्तुमा यो उपन्यास लेखिएको छ । लेखकद्वय नयनराज पाण्डे र निलम कार्की निहारिका अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता थिए ।

कार्यक्रमकी वक्ता नीलम कार्कीले उपन्यासमाथि टिप्पणी गर्दै उपन्यास निकै सशक्त रहेको बताइन् । १० वर्षे सशस्त्र द्वन्दको समयमा सुरक्षाकर्मी र छापामार दुवै पक्षतर्फको पात्रको कथालाई तटस्थ बिन्दुमा बसेर कुनै पक्षको विरोध र समर्थनमा नरही शान्तिको पक्ष र द्वन्दको विरुद्धमा सइन उपन्यास लेखिएको,उपन्यासमा सुरक्षाकर्मी युवक र छापामार युवतीको निकै कष्टप्रद तर उल्लेख्य प्रेम रहेको उनको टिप्पणी छ । भाषा, शैली, शिल्प र भावपक्षमा निकै सबल “सइन“ उपन्यास विगत द्वन्दको ऐतिहासिक दस्तावेजको रुपमा आएको र उपन्यासका हरेक हरफहरुले पाठकको मन जित्ने कुरा उल्लेख गर्दै पुस्तक पुरै पढिसक्दा आफुले कतैपनि कमजोर पक्ष नभेटेको उनले बताइन् ।


अर्का वक्ता नयनराज पाण्डेले लेखकले सइन उपन्यास लेखेर द्वन्द्वकालिन घटनाको भित्री मर्मलाई निकै मिहिन ढङ्गबाट प्रस्तुत गर्न सफल भएको भन्दै लेखेको प्रशंसा गरे । निकै मनछुने हरफहरु कथाको सन्दर्भ सँग जोडेर प्रस्तुत गर्ने लेखकको लेखकिय शैलीले आफुलाई निकै तानेको र नेपाली उपन्यासका असल पाठकहरुले धेरै लामो समयदेखी खोजिरहेको उपन्यास बनेर सइन उपन्यास आएको उनको टिप्पणी छ ।


कार्यक्रममा उपन्यासकार पाण्डेले आफु अर्काे पुस्तकको तयारीमा रहेकाले अन्य लेखक तथा पाठकबाट सुझाव लिएर अघि बढ्न अन्तरक्रिया कार्यक्रम राखिएको बताए । उपत्यका सांग्रिला बुक्सले प्रकाशन गरेको हो । लेखक पाण्डेले यसअघि गजल संग्रह पनि प्रकाशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्