Logo
Logo

भवानी खापुङलाई बढुवा गरेको एकीकृत समाजवादीले चार मन्त्री घर पठायो


31.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने एक राज्यमन्त्रीलाई बढुवा गरेर फुल मन्त्री बनाउने भएको छ ।
एकीकृत समाजवादीबाट सरकारमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको छ ।
चार मन्त्रीलाई फिर्ता बोलाएको एकीकृत समाजवादीले स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने बढुवा गरेर स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने निर्णय गरेको छ ।


एकीकृत समाजवादीको सचिवालय समिति बैठकले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्