Logo
Logo

टेकुको पेट्रोल पम्पमा ग्यास विस्फोट, दुई जना घाइते


4.2k
Shares

काठमाडौं । काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट भएको छ । काठमाडौं प्रहरी परिसरका अनुसार इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट भएको हो ।

विस्फोटमा परी दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार पर्सा जगन्नाथपुर- ३ का ३० वर्षका किशोरी साह र १८ वर्यषका दिपककुमार साह घाइते भएका हुन् ।
किशोरीको दुबै खुट्टा, हात र अनुहारको केही भाग जलेको छ भने दिपकको बाँया गालामा पोलेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्