
बर्दिया । बाघको आक्रमणबाट बचाउन माग गर्दै प्रदर्शनमा उत्रेकामाथि प्रहरीले गोली चलाउँदा बर्दियामा एक किशोरीको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारका कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको हो ।
सुरक्षाको माग गर्दै स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनपछि अवरुद्ध बाटो खुलाउने क्रममा प्रहरीले गोली चलाउँदा नविनाको मृत्यु भएको हो । प्रहरी दमनबाट अन्य चार जना सर्वसाधारण र प्रहरी हबल्दार पार्वता खड्का लगायत घाइते भएका छन् ।
पछिल्लो समय बर्दियाका विभिन्न ठाउँमा बाघको आक्रमण बढ्दो छ । निकुञ्जबाट निस्कने बाघले आक्रमण गर्न थालेपछि स्थानीयले सुरक्षको माग गर्दै प्रदर्शन गरेका थिए ।














