Logo
Logo

‘अछाम घटना अक्षम्य, दोषी पत्ता लगाई कारबाही होस्’


3.3k
Shares

काठमाडौ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अछामका १५ वर्षीय विनोद शाहीको मृत्युको घटना अक्षम्य रहेको बताउँदै अपराधीलाई हदैसम्मको कारबाहीको हुनुपर्ने माग गरेका छन् ।

आज (मंगलबार) संसद वैठकमा बोल्दै थापाले अपराधीले सजाय पाउनुपर्ने र निर्दोष कहिँ-कतैबाट फस्ने अवस्था बन्न नहुने बताएका छन् । थापाले अछाम घटनाको प्रसङ्ग निकाल्दै सो घटना विभत्स आपराधिक रहेको बताए । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय विनोद शाही मृत भेटिएका थिए । उनी जेठ १७ गते वेपत्ता भएर गत शनिबार बिहान घर नजिकैको जंगलमा मृत भेटिएका थिए । घटनाको अनुसन्धान हुनुपर्ने भन्दै स्थानीय आन्दोलित छन् ।

सांसद थापाले भने, ‘यसमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ, दोषी छुट्दै नछुटोस् । यो हाम्रो माग छ । कहि-कतै राजनीतिक प्रतिशोध साँध्नका लागि यस्ता घटनाहरुको प्रयोग नहोस् माननीय गृहमन्त्री ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले भने, ‘जनप्रतिनिधि वा राजनीतिक दलका विशेष मान्छेलाई छानीछानी अनुसन्धान गर्नुभन्दा पहिले नै दोषी किटान गर्ने गरिकन बहसहरु जसरी अघि बढाइएको छ । यसबाट पनि मुद्दाहरु प्रभावित नहोस् । जसले गल्ती गरेको छ, अपराधीले सजाय पाओस् । अन्याय, निर्दोष कहिकतैबाट फस्ने अवस्था पनि नबनोस् ।’

प्रतिक्रिया दिनुहोस्