Logo
Logo

बन्चरेडाँडामा आज पनि फोहोर विसर्जनमा अवरोध


1.1k
Shares

काठमाडौं । बन्चरेडाँडामा आज पनि फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले फोहोर फाल्न रोकेको जानकारी दिए । स्थानीयको अवरोधपछि काठमाडौंबाट फोहोर लिएर सिसडोल पुगेका गाडीहरु रोकिएका छन् । अहिले पुनः छलफल भइरहेको बताइएको छ ।

स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले धरपकड गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए ।

गत १४ जेठदेखि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासहित उपत्यकाका शहरबाट फोहोर उठाइएको छैन । सर्वसाधारणको घरसँगै सार्वजनिक स्थलमा पनि फोहोर थुप्रिएकाले दुर्गन्ध बढ्नुका साथै महामारीको जोखिम पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्