Logo
Logo

नबिल बैंकले सार्वजनिक शौचालय सञ्चालन गर्ने


378
Shares

काठमाडौं । नबिल बैंकले काठमाडौंँका १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौँ महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालन ल्याउने सहमति भएको हो ।

केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, ज‍ोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल,मैतीदेवी कम्प्लेक्स, कुलेश्वर, कान्तिपथ,रोयल कम्प्लेक्स बसुन्धारा चौकी,अनामनगर, सिनामंगल, कलंकी भटभटेनी, धुम्बाराही,धर्मपथ न्यूरोड,कालीमाटी र शंखमुलस्थित बैंकमा सर्वसाधारणले निशुल्क शौचालय गर्न पाउने छन् ।

शौचालयको मर्मत सम्भार सरसफाइ,पानीको प्रबन्ध पानीको प्रबन्ध र निकासको व्यवस्था बैंकले गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्