Logo
Logo

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग पारित गर्न हतार छैन : झालनाथ खनाल


3.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरूद्धको महाअभियोग प्रस्ताव तत्काल पास गर्नका लागि नल्याइएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले प्रधानन्यायाधीश विरूद्धको महाअभियोग तुरून्त पास गर्न नल्याइएको बताएका हुन् ।

परिस्थिति हेर्दै क्रमशः टुंगोमा पुर्याउनका लागि महाअभियोग लगाइएको बताउँदै नेता खनालले महाअभियोगलाई टुंगोमा पुर्याउनका लागि अझै समय बाँकी रहेको बताए ।

सम्मनित नेता खनालले भने– ‘यो प्रस्ताव तुरून्त पास गर्न ल्याइएको होइन । यसलाई बिस्तारै प्रस्ताव राखिसकेपछि परिस्थिति हेर्दै जाने अनि क्रमशः टुंगोमा पुर्याउने कुरा हो । समय अझै बाँकी छ । हतार गर्नुपर्ने छैन ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एकाले कारण महाअभियोग प्रस्ताव अलपत्र परेको आरोप लागिरहेको बेला सत्तारुढ दलका नेता खनालले समेत महाअभियोग प्रस्ताव पारित गर्न हतार नभएको बताएपछि यो विषयलाई संशयका साथ हेर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्