काठमाडाैं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नयाँ इलेक्ट्रिक कार ‘नेटा भी’ सफ्ट लन्च गरेका छ । कम्पनीले नेटा भी विश्व वातावरण दिवसको उपलब्ध पारेर आइतबार सार्वजनिक गरेकाे हाे ।

चौधरी समूहले नेपाली बजारमा उपलब्ध गराएकाे इलेक्ट्रिक कार चिनियाँ इलेक्ट्रिक सवारी उत्पादक कम्पनी होजोन अटो (होजोन अटो न्यू इनर्जी अटोमोबाइल कम्पनी)को उत्पादन हो ।
होजोन अटो सन् २०१४ मा स्थापना भएको थियो । चीनको झेजियाङ प्रान्तमा कम्पनीको मुख्य कार्यालय छ। कम्पनीले विश्व बजारमा नेटा एओ १, नेटा यू, नेटा भी, नेटा यू प्रो र नेटा भी प्रो उपलब्ध गराउँदै आइरहेको छ ।
सीजी मोटर्सले नेपालमा बिक्रीका लागि ल्याएको नेटा भीमा ७० किलोवाट पावरको मोटरका साथै ३८.५४ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ। ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी उपलब्ध हुनेछ । यो कारले ४०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दावी छ।
नेटा भीमा ३० वटाभन्दा बढी फिचर छ। नेटा भीमा प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेयरिङ ह्विल, ड्राइभर इन्फर्मेशन डिस्प्ले, ठूलो आकारको भर्टिकल इन्फोटेनमेन्ट सिस्टम, पार्किङ ब्रेक लगायत अन्य प्रशस्तै फिचर्स उपलब्ध छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा १०० किलोवाट मोटर क्षमताको इलेक्ट्रिक सवारीसाधनमा अन्तःशुल्क लगाउने निर्णय गरेको छ ।
नेटा भी १०० को मोटर किलोवाट क्षमता भन्दा कम छ । यसले गर्दा अन्य इलेक्ट्रिक कारको तुलनामा यसमा अन्तःशुल्क लाग्दैन ।
जसका कारण नेटा भीको मूल्य ठूलो मोटर भएका इलेक्ट्रिक कारको तुलनामा अत्याधिक महँगो हुँदैन। नेटा भीको मूल्य करिब ३८ लाख रुपैयाँको हाराहारिमा हुने अनुमान गरिएको छ।











