
काठमाडौं । रुपन्देहीको सैनामैना–६ स्थित लुम्बिनी एउटा कपास उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान ४ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरिले जनाएको छ ।
आगो नियन्त्रणका लागि तीनवटा दमकल सहित नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकायका साथै स्थानीयहरुको खटिरहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।














