Logo
Logo

बसको ठक्करबाट सहचालको मृत्यु


441
Shares

काठमाडौं । काठमाडौबाट भारततर्फ गइरहेको बसको ठक्करबाट सोही बसका सहचालकको मृत्यु भएको छ ।

सुनसरी झुम्का निवासी २३ वर्षीय जनक दाहालको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले बताए ।

बा ५ ख ७८४३ नम्बरको नेपाल भारत मैत्री बस भारतकाे सिलिगुडी गइरहेकाे थियाे । दाहाल साेही बसका सहचालन थिए ।
शुक्रबार बिहान ४ बजे पृथ्वी राजमार्ग अन्तर्गत मौवाखोलामा ठक्कर दिएको हो ।

शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल ल्याइएको छ । बस र चालक ईलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्