Logo
Logo

‘सडक भासिएको स्थानबाट कार खसेको देखियो’


1.9k
Shares

फोटोः सविन लामिछाने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडकखण्डस्थित डम्पीमा सडक भासिएको स्थानबाट कार खसेको देखिएको छ ।
सडकबाटमर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएको घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

उनका अनुसार गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको छ । कारमा कतिजना र कोको थिए भन्ने खुलेको छैन ।

सडक भासिएका कारण बिहान करिब ५ बजेदेखि नै पोखरा–मुग्लिन सडक अवरुद्ध भएको छ ।

तत्काल खुल्न सक्ने अवस्था नभएपछि सवारी साधन जताबाट आएका छन्, उतैतिर फर्काइएको छ ।

प्रतिक्रिया दिनुहोस्