
काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटमा जिप दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै ५ जनाको अवस्था गम्भीर अवस्थामा रहेको छ भने ४ जनाको अवस्था समान्य रहेको छ । सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्र तर्फ जाँदै गरेको वोलेरो जीप वडा नं ५ को गर्खाकोट (वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको छ । यात्रु ११ जना थिए ।
प्रहरीका अनुसार घाईतेहरुको अवस्था गम्भीर रहेको छ । मृतकको नाम खुल्न सकेको छैन भने उद्धार कार्य जारि छ । गम्भीर घाइतेको हेलिकप्टर बाट उद्धार गर्नु पर्ने भएकोले गृह मन्त्रालय सङ्ग पहल भैरहेको प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहिले बताए ।














