Logo
Logo

काठमाडौंमा स्वतन्त्र उम्मेदवारको राष्ट्रिय भेला हुँदै


1.5k
Shares

काठमाडौं । काठमाडौँमा स्वतन्त्र उम्मेदवारको पहिलो राष्ट्रिय भेला १८ र १९ असारमा हुँदै छ । उक्त भेलमा उपस्थित हुन १५ सय रुपैयाँ​ तिर्नुपर्ने भएको छ ।

जसमा सहभागी हुनका लागि असार १० गतेसम्म अनलाइन फारम भर्नुपर्ने बताइएको छ ।

आयोजका अनुसार सहभागी हुने र सहयोग गर्नेले छुट्टाछुट्टै क्यु आर कोड स्क्यान गर्नुपर्नेछ ।

सहभागी हुन चाहनेले क्यु आर कोडमार्फत पैसा तिर्नुपर्ने भएको छ । सोही रकमभित्र रहेर दुई दिनका लागि बिहानको खाजा, दिउँसोको खाना र अपराह्नको चिया खान पाइने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्