Logo
Logo

त्रिविमा लागेकाे ताला ५ महिनापछि खुल्यो


441
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा लागेको तालाबन्दी ५ महिनापछि खुलेको छ ।

त्रिविको वेतिथी र भ्रष्टाचार अन्त्यको माग गर्दै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको थियो । सरकारले १५ दिनभित्र यस विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने भएपछि ताला खोलिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

आफ्ना मागका विषयमा त्रिविको बेवास्ता कायमै रहेकाले १५ मा माग पुरा नभए फेरी ताला लगाउने उनको भनाइ छ । यस विषयमा नेविसंघले शुक्रबार ३ बजे त्रिविमा धर्ना कार्यक्रम राखेको छ ।

यता अनेराश्वबीयू अध्यक्ष सुनिता बरालले लामो समयपछि ताला खुलेको भन्दै यसमा सहरात्मक भूमिका खेल्ने सबैलाई धन्यवाद दिएकी छन् ।

प्रतिशोध र आग्रह÷पुर्वाग्रह भन्दा माथि उठेर शिक्षा क्षेत्र बलियो र समृद्द बनाउन लाग्न उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्