Logo
Logo

सडक भासिएर दुर्घटना हुँदा मृत्यु भएका दुईमध्ये एक जनाकाे खुल्यो पहिचान


5.5k
Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडकखण्डमा शुक्रबार बिहान करिब ३ बजेतिर सडक भासिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु भएका दुई पुरूषको शव मस्र्याङ्दी नदी किनाराबाट निकालिएको थियो । तनहुँ प्रहरीका अनुसार मृत्यु भएमध्ये एक जनाको पहिचान खुलेको छ । गोरखाको सिरानचोक गाउँपालिका छोप्राकका केशव घिमिरेको पहिचान खुलेको हो । अर्का एकको पहिचान खुल्न बाँकी छ ।

सडक भासिएको ठाउँमा बा १० च ४६७९ नम्बरको कारको नम्बर प्लेट पनि फेला परेको छ । उनीहरू उक्त कारमा रहेको अनुमान गरिएको छ । कार आँबुखैरेनीबाट मुग्लिङतर्फ जाँदै गर्दा सडक भासिएको ठाउँमा परेको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार कार र मोटरसाइकल पहिरोमा परे पनि मोटरसाइकल चालक सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्