Logo
Logo

रामवीर मानन्धरको माग- फोहोर व्यवस्थापन गर्न मेरो नेतृत्वमा संसदीय समिति गठन गरियोस्


1.8k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनका लागि आफ्नो नेतृत्वमा संसदीय समिति गठन गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद मानन्धरले काठमाडौंमा फोहोर मैलाका कारण अस्तव्यस्त बन्दै गएको भन्दै आफ्नो अध्यक्षतामा फोहोर मैला व्यवस्थापन संसदीय समिति बनाउन माग गरेका हुन् ।

‘काठमाडौंमा फोहोर मैलाका कारण अस्तव्यस्त बन्दै गएको छ । मेरो अध्यक्षमा यो फोहोर मैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस् भन्ने मेरो माग हो’, उनले भने ।

स्थानीय निर्वाचन सकिएको एक महिना भइसक्दा पनि फोहोर मैला व्यवस्थापन गर्न नसकिएको भन्दै यो कार्यका लागि एउटा ईच्छाशक्ति भएको मान्छे चाहिने उनले बताए ।

‘यो फोहोर मैला व्यवस्थापनका लागि एक जना इच्छा शक्ति भएको मान्छे चाहिन्छ । त्यो भनेको म हुँ भन्ने मेरो दावा छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्