काठमाडौं । नेकपा एमाले सांसद महेश बस्नेतले मूल्यवृद्धि गरेर जनतालाई उपहार दिएको भन्दै सरकारलाई व्यंगात्मक बधाई दिएका छन् ।

‘सरकारले फेरि पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ’ शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद बस्नेतले भने, ‘जनता भोकै मर्नुपर्ने गरि सरकारले चालेको यो कदमका लागि प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई हार्दिक बधाई छ ।’
अब लामो समय विकास बजेट खर्च नहुने अवस्था देखिएको उनले बताए । निर्माण व्यवसायीले भुक्तानी नै नपाएका कारण अब विकास नै नहुने अवस्था बन्ने उनको भनाइ थियो।
भक्तपुरसँग मन्त्री र प्रधानमन्त्रीको झगडा परेको बताउँदै विगतमा छुट्टाइएको रकम पनि कटौती गरिएको बताए ।











