Logo
Logo

छायाँ सेन्टरका १२ वटै शौचालय सर्वसाधारणका लागि निःशुल्क खुला


1.1k
Shares

काठमाडौं । ठमेलस्थित व्यापारिक कम्प्लेक्स छायाँ सेन्टरले भवनभित्र रहेका १२ वटै शौचालयलाई सर्वसाधारणका लागि निःशुल्क खुला गरेको छ ।

काठमाडौं महानगरका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलको काठमाडौंका ३२ वटै वडामा निःशुल्क शौचालय सेवा अभियानमा ऐक्यबद्धता जनाउँदै छायाँ सेन्टरले छायाँ सेन्टरको व्यापारिक भवनभित्र रहेका १२ वटै शौचालय सर्वसाधारण तथा पर्यटकहरुका लागि निशुल्क खुल्ला गरेको विज्ञप्तिमार्फत जनाएको हो ।

यसअघि मेयर साहको अभियानमा साथ दिँदै विभिन्न होटल, रेष्टुरेण्ट र व्यापारिक भवनहरुले निशुल्क शौचालय सेवा प्रदान गर्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्