Logo
Logo

सडक भासिएपछि बिरामी अस्पताल लैजान हेलिकोप्टर


693
Shares

काठमाडौं । गोरखाको बारपाकका एक बिरामीलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ । उच्च रक्तचापका बिरामी ५२ वर्षीय बालशमसेर गुरुङलाई हेलिकोप्टर चार्टर गरेर शुक्रबार अस्पताल ल्याइएको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक सडक भासिएपछि राजमार्ग अवरुद्ध छ । सडकमार्ग हुँदै जान नसकिने भएपछि हेलिकोप्टर चार्टर गर्नुपरेको परिवारले जनाएका छन् ।

निरन्तर वर्षाका कारण राजमार्ग भासिएपछि दुईतर्फी सडक अवरुद्ध भएको छ । भित्ता काटेर साना गाडीसम्म सञ्चालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । आँबुखैरेनी हुँदै चितवन, काठमाडौँ जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका छन् ।

सर्वसाधारणलाई भने सुरक्षितरूपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्